TodayPati

जनकपुको होटेलबाट खसेकी भेटिएको महिलाको हत्याकै आशंका, यस्ता छन् कारण र आधार

टुडेपाटी-

जनकपुरधाम, चैत १ गते ।

जनकपुरमा शव फेला परेको म्यागदीकी महिलाको श्रीमान श्रीमतीबीचको विवादले हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

Sponsored

जनकपुरस्थित सर्लाही होटेल एन्ड गेस्ट हाउसको पाँचौ तलाबाट खसेको अवस्थामा भेटिएकी मलिका गाउँपालिका–७ की ३० वर्षीया महिलाको विवादका कारण हत्या भएको हुनसक्ने आशंका गरिएको हो ।

पछिल्लो समय श्रीमानसँग चिसिएको सम्बन्ध, शवको प्रकृति, होटेलको कोठामा शंकास्पद अवस्थामा भेटिएका तौलिया, चप्पल र मृतक सिर्जना सिर्पालीका श्रीमान् विश्वासले दिएको फरक–फरक बयानले उनको हत्याको आशंका गरिएको हो ।

श्रीमानसँगै गत सोमबारदेखि होटलमा बसेकी म्यागदीको मालिका गाउँपालिका–७, की ३० वर्षीया सिर्जना सुनार सिर्पालीको बुधबार विहान होटलको पाँचौ तल्लाबाट खसेको अवस्थामा शव फेला परेको थियो ।

Sponsored

श्रीमानले नै उनको हत्या गरेको हुनसक्ने मृतक सिर्जनाका माइती पक्षसँगै अनुसन्धानमा खटिएका प्रहरीको समेत आशंका छ ।

प्रारम्भिक चरणको अनुसन्धानमा घटनाले हत्याकै संकेत गरेको एक प्रहरी अधिकृतले बताए । सिर्जनाका भाइ यामेश रसाइलीले श्रीमान् विश्वासले उनको हत्या गरेको हुनसक्ने भन्दै बिहीबार किटानी जाहेरी दिएका छन् ।

घटनाको निष्पक्ष छानबिन गरिपाउँ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता भएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । एक महिनाअघि वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका यामेश घटनाबारे थाहा पाएपछि बिहीबार घर फर्केका छन् ।

उनलाई पर्खेर मात्र बिहीबार शव पोस्टमार्टम हुन नसकेको र शुक्रबार बिहानै पोष्टमार्टमको तयारी रहेको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

यामेशका अनुसार पछिल्लो केही समययता विश्वास र सिर्जनाबीच सम्बन्ध चिसिएको थियो । विश्वास रोजगारीको क्रममा साउदीमै हुँदा सिर्जनाले पोखरामा जग्गा किनेकी थिइन् । सो जग्गा जग्गा आफ्नो नाउँमा पास गर्न दबाब दिँदा सिर्जजना र विश्वासबीच पछिल्लो समय दिनहुँ झगडा पर्ने गरेको बुझिन आएको यामेशले बताए ।

‘सबै जग्गा तिम्रै नाउमा छ । मेरो नाउमा केही छैन । तिमी ठूल-ठूला कारोबार गर्छौ । कुनैदिन सबै डुबाउछौँ । त्यही भएर चुपचाप पोखराको जग्गा मेरो नाउमा गरिदेउ भनेर भिनाजुले दिदीलाई भन्दै आएको कुरा दिदीले आफ्नो साथीलाई केहीदिन अघि सुनाउनु भएको थियो,’ उनले भने ।

यद्दपी विश्वासले भने पोखराको जग्गा बेचिसकेको र पछिल्लो समय जग्गा खरिद गर्ने योजना बनाएको बताएका थिए । सृजनाकै नाउमा बैंकमा करिब २८ लाखभन्दा बढी रुपैँया जम्मा रहेको उनले भनेका थिए ।

पारिवारिक सदस्यहरूका अनुसार सृजनाले यसअघि चितवन र पोखरामा पटक(पटक जग्गा किनबेच गरेकी थिइन् । भान्जा भान्जीले समेत दिदी भिनाजुबीच जग्गाकै बारेमा फोनमै दिनहुँ झगडा पर्ने गरेको बताएको यामेशले सुनाए । सोही विवादका कारण विश्वासले सिर्जनालाई मारेको हुनसक्ने उनको भनाइ छ ।

उनका अनुसार पछिल्लो चार महिनादेखि विश्वासले सिर्जनालाई विदेशबाट पैसा पठाउन छोडेका थिए । करिब १२ दिन पहिले साउदीबाट कसैलाई पनि नबताइ घर फर्केको र त्यो क्रममा ४र५ दिन काठमाडौंमै बसेको यामेशले बताए ।

‘विदेशबाट फर्केर भिनाजु काठमाडौं बसेको कुरा दिदीलाई पनि थाहा थिएन । मसँग कुरा हुँदा पनि ३÷४ दिनपछि घर जान्छु भनेर भन्नुभएको थियो । तर उहाँले किन त्यसो गर्नुभयो त्यो मैले बुझ्न सकिन,’ उनले भने ।

यामेशमा अनुसार विदेशबाट फर्किँदा विश्वासले थोरै पैसा मात्र सिर्जनालाई दिएका थिए । विदेशबाट फर्किदा ४÷५ दिन काठमाडौं बसेको कुरा विश्वासले स्वीकार गरेका छन् । तर, श्रमसम्बन्धी कामले आफू काठमाडौं बसेको उनले बताए ।

विश्वासले आफन्तहरूसँग कुरा गर्दा समेत फरक-फरक कुरा बताएकाले उनीमाथि शंका बढेको यामेशले बताए । होटेलमा तौलिया समेत शंकास्पद अवस्थामा भेटेकाले हत्याको शंका भएको उनको भनाइ छ ।

‘होटेल मालिकसँग कुरा हुँदा उहाँले दुईवटा नयाँ गम्छा दिएको भन्नु भएको छ । तर दुबै गम्छा डस्टविनमा फोहोरले छोपिएको अवस्थामा भेटेको छ । गम्छा पनि पुरै फोहोर भएछ । दिदीको चप्पल पनि कोठमै छ । त्यसैले ८० प्रतिशत लाग्छ कि दिदीलाई मारेकै छ,’ उनले भने ।

शवको प्रकृति र विश्वासको बयानले घटना शंकास्पद देखिएको भन्दै विभिन्न कोणहरुबाट प्रहरीले अनुसन्धान जारी राखेको धनुषाका प्रहरी उपरीक्षक रानाभाटले बताए । पाँचौ तलाबाट खसेको अवस्थामा शव भेटिए पनि घर र शवबीचको दुरी एकदमै कम छ । शव र घरबीचको दुरीले समेत घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।

‘आफैँले हाम फाल्दा घर र शवबीच हुने दुरी र कसैले त्यो वेटको मानिसालई धकेल्दा कतिसम्म पुग्न सक्छ त्यो एंगलबाट पनि अनुसन्धान गरिरहेका छौँ, प्रहरी उपरिक्षक रानाभाटले भने, ‘त्यहाँ रुख पनि छ । तल खस्दा रुखमा किन लागेन् रु रुखको हाँगा किन भाँचिएन् रु शव रुख कसरी क्रसिङ भयो रु ती सबै कुरा हेर्दै पनि अनुसन्धान गरिरहेका छौँ ।’

शव पोष्टमार्टम भएपछि थप कुरा खुल्ने उनले बताए । सिर्जनाको स्कुटीको लाइसेन्स बनाउन भन्दै गत सोमबार जनकपुर आएर होटेलमा बसेको विश्वासको भनाइ छ । मंगलबार राति करिब सावा १२ बजे आफू सुते पनि सिर्जना मोबाइल चलाएर कोठाबाहिरै बसेको उनको दाबी छ ।

बिहान सावा तीनबजे ब्यझिँएर होटेलभित्र चारैतीर खोज्दा कतै नभेटेको उनले प्रहरीसमक्ष बयान दिएका छन् । बुधबार बिहान उनीहरू बसेको रामानन्द चोकस्थित सर्लाही होटेल एन्ड गेस्ट हाउसको उत्तरपट्टी टाँसिएर रहेको खानेपानी संस्थानको कमपाउण्डभित्र पानी जमेको ठाउँमा सृजनाको शव भेटिएको थियो ।

उनको शरीरको विभिन्न ठाउँमा चोट देखिएको प्रहरीले जनाएको छ । शव छेउबाटै प्रहरीले सिर्जनाले प्रयोग गर्ने मोबाइल बरामद गरेको छ । मृतक सिर्जना गत वर्ष भदौदेखि छोराछोरीसहित पोखराको मालेपाटनमा बस्दै आएकी थिइन् ।

त्यहाँ उनी कृषि सहकारीमा काम गरी छोराछोरीलाई पढाउँदै आएकी थिइन् । उनका श्रीमान् विश्वास करिब १० वर्षदेखि वैदेशिक रोजगारमा थिए । सृजना पछिल्लो समय जग्गा किनबेचको कारोबार समेत गर्दै आएकी थिइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *