TodayPati

मोदीको भ्रमण विरुद्ध बंगलादेशमा व्यापक प्रदर्शन, ५ जनाको ज्यान गयो, कयौँ पत्रकार पनि घाइते

एजेन्सी-

जनकपुरधाम, चैत १४ गते ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको तीव्र बिरोध भएको छ।

Sponsored

बिरोध प्रदर्शनका क्रममा बंगलादेशमा कम्तिमा पाँच जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार बंगलादेश भ्रमणमा गएका हुन्।

मोदीको भ्रमणको विरोधमा प्रदर्शन सुरु भएपछि प्रहरीले गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको हो। झडपमा परेर पत्रकारसहित कयौँ प्रदर्शनकारी घाइते भएका छन्।

Sponsored

राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा भएको विरोध प्रदर्शन र झडपमा परेर थुप्रै पत्रकारहरू समेत घाइते भएका छन् ।

बंगलादेशी सञ्चारमाध्यामहरुका अनुसार स्थानीय हात्जारी मदरसामा भएको प्रार्थनापछि विरोध जुलुस निस्किएको थियो ।

सो जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । चटगाउँ मेडिकल कलेजका एक अधिकारीले नाम प्रकाशित नगर्ने सर्तमा भने कि अस्पतालमा ल्याइएका कम्तीमा चार घाइतेको मृत्यु भएको छ ।

अर्का एक जना हिफाजात इस्लाम संगठनमा आवद्ध प्रदर्शनकारीहरूको पनि मृत्यु भएको छ।

हिफाजात इस्लाम संगठनका नेता मुफीबुर रहमान हामिदीले प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको आरोप लगाए ।

यद्यपि, प्रहरीले गोली चलाए नचलाएको बारेमा भने स्वतन्त्र रुपमा पुष्टि भैसकेको छैन ।

केही दिनदेखि ढाकामा धेरै मुस्लिम नेताहरु र वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा प्रदर्शन गर्दै आएका थिए ।

भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि शुक्रबार ढाका पुगेका छन्।

मोदी बंगलादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुने कार्यक्रम छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *