TodayPati

वीरगञ्जबाट कटुवा पेस्तोलसहित दुई युवक प्रहरीको फन्दामा

टुडेपाटी-
वीरगञ्ज, चैत ११ गते ।

वीरगञ्जबाट कटुवा पेस्तोलसहित दुईजना युवकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ सिर्सिया बस्ने २७ वर्षीय दिपेन्द्र साह र सोही स्थानका २३ वर्षीय सनोज गुप्ता पक्राउ परेका छन् ।

Sponsored

२ नम्बर प्रदेश प्रहरी कार्यालाय जनकपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले महानगरपालिका १३ श्रीपुरस्थित हुलाकी सडक खण्डबाट दुबैजनालाई शंका लागि खानतलासी गर्दा पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

उनीहरुको साथबाट गोली नभएको एक थान कटुवा पेस्तोल बरामद गरिएको उनले बताए । पेस्तोलसहित दुबै जनालाई हात हतियार मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *