TodayPati

जनकपुरको होटेलमा श्रीमानसँगै सुतेकी महिला पाँचौ तल्लाबाट हाम फालिन्, घटना शंकास्पद

टुडेपाटी-

जनकपुरधाम, चैत ११ गते ।

जनकपुरको होटेलमा दुईदिनदेखि बसिरहेकी एक महिलाको शव फेला परेको छ ।

Sponsored

रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी महिलाको होटेलबाट हाम फालेर वा खसालेर ज्यान गएको अवस्थामा शव फेला परेको हो ।

होटेल छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्ड आधा शरिर पानीमा र आधा बाहिर रहेको अवस्थामा उनको शव भेटिएको हो ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै आएकी म्याग्दीको तत्कालीन बिम गाविस बस्ने ३० वर्षीया सृजना सुनार श्रीपालीको शव फेला परेको हो ।

Sponsored

उनका श्रीमान विश्वास सिर्पालीका अनुसार होटलको पाँचौ तल्लाबाट उनी हाम फालेर गएराति आत्महत्या गरेकी हुन् ।

‘राति हामी १२ बजेसम्म गफगाफ गरेर सुत्यौँ । साढे तीन बजे ब्युझिदा मैले उसलाई देखिन अनि खोज्न थाले,’ उनले भने ।

११ दिन पहिले आफु विदेशबाट फर्केको प्रहरी समक्ष उनले बताएका छन् ।

तर घटना शंकास्पद देखिएको भन्दै प्रहरीले विभिन्न एंगलबाट अनुसन्धान गरिरहेको छ ।

आफैले हाम फालेर मरेको वा मारिएको विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *