TodayPati

बारामा अटो कुरेर बसेकी महिला १२ किलो गाँजासहित प्रहरी नियन्त्रणमा

टुडेपाटी-
बारा, चैत १० गते ।

बाराबाट १२ केजी गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पर्साको जिराभवानीपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ५० वर्षीया मिनादेवीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ७ टेढा रोडबाट उनलाई गाँजासहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

Sponsored

प्लाष्टिकको झोला बोकेर जीतपुरबाट पटेर्वा सुगौलीतर्फ जान भनि अटो कुरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको डीएसपी मिश्रले बताए ।

गाँजासहित पक्राउ परेकी मिनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *