TodayPati

यी व्यक्तिले १० दिनमा गरे ८ जना बालिकालाई चकलेटको लोभ देखाएर बलात्कार

एजेन्सी-
जनकपुरधाम, चैत १० गते ।

भारतको बिहारमा एक व्यक्तिले चकलेटको लोभ देखाएर १० दिनमा आठजना बालिका बलात्कार गरेका छन् ।

विहारको लखिसरायस्थित कजरा गाउँका ५० वर्षीय प्रकाश तान्ती नाम गरेका व्यक्तिल चकलेटको लोभ देखाएर ५ देखि ७ वर्षसम्मका ८ बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

Sponsored

भारतीय सञ्चारमाध्यमका अनुसार तान्तीले बालिकाहरूलाई आफ्नो पसलमा बोलाएर चक्लेट दिई बलात्कार गर्ने गरेको खुलासा भएको हो ।

उनले १० दिनमा ८ जना बालिका बलात्कार गरेको पाइएको भारतीय प्रहरीले जनाएको छ ।
सोमबार साँझ दुई बालिकाको स्वास्थ्य बिग्रिएपछि उनीहरूले ती व्यक्तिको कुकर्मबारे खुलासा गरेका थिए । यो खुलासा भएसँगै त्यस क्षेत्रमा सनसनी फैलिएको छ ।

पीडित परिवारको उजुरीका आधारमा ती व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । उनको मानसिक अवस्थाबारे जाँच पनि भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *