TodayPati

धनुषाबाट २१ थान सालको गोलियासहित काठ कारोबारी ठाकुर पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत ३ गते ।

धनुषाबाट २१ थान सालको गोलियासहित एक काठ कारोबारी पक्राउ परेका छन् ।
सोमबार राति मिथिला नगरपालिका ५ विश्रामपुरबाट सालको अवैध काठसहित महोत्तरीको बर्दिबास नगरपालिका ७ बस्ने किसनकुमार ठाकुरलाई पक्राउ गरिएको हो ।

विश्रामपुरस्थित गोपाल मगरको आँगनबाट उक्त सालको गोलियासहित ठाकुरलाई सव डिभिजन वन कार्यालय पुष्पवलपुरले सोमबार राति १२ बजे पक्राउ गरेको सव डिभिजन वन कार्यालयले जनाएको छ ।

Sponsored

नजिकैको जङ्गलबाट अवैध रुपमा कटान गरेर गाउँमा जम्मा गरिएको सालको काठ अन्यत्र लैजान तयारी गरिरहेका बेला सुराकीको आधारमा खटिएको वन कर्मचारी र औरही बाबा सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुको संयुक्त टोलीले विश्रामपुरस्थित मगरको आँगनबाट काठ बरामद गरेको वन रक्षक रामदेव यादवले जानकारी दिए ।

काठ तस्करीमा संलग्न मगर र नाम खुल्न नसकेको एक जना भागे भने महोत्तरीको काठ कारोबारीलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

उनले नियन्त्रणमा लिइएको काठ कारोबारी ठाकुरलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा बुझाइएको छ भने बरामद काठ औरही बाबा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशोरी महतोको जिम्मा राखिएको बताइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *