फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ
टुडेपाटी-
काठमाडौं, चैत ३ गते ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो ।
निगमले जारी गरेको सूचना अनुसार इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्य अनुसार वृद्धि गरेको हो ।
मूल्य वृद्धिपछि पेट्रोल ११८ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य थवावत राखिएको निगमले जानकारी गराएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिमय पदार्थको मूल्यवृद्धि भैरहेकोमा इण्डिन आयल निगमले मूल्य बढाएको र सोहि अनुसार नेपालमा पनि मूलय वृद्धि गर्नुपरेको निगमले बताएको छ। मुल्य वृद्धि गर्दा पनि निगम अझै घाटामा रहेको निगमको दाबी छ ।
Sponsored