TodayPati

बलात्कारको झुठो आरोप लगाउने महिलालाई साढे तीन वर्ष जेल

टुडेपाटी
सुर्खेत, चैत २ गते ।

बलात्कारको झुठो आरोप लगाउने महिलालाई जिल्ला अदालत सुर्खेतले साढे तीन वर्षको जेल सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो ।

Sponsored

वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफुलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । अदालत स्रोतका अनुसार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी ती महिलाले नै अदालतमा बयान फेरेकी थिइन् ।

झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको  श्रेष्तेदार यामप्रसाद बास्कोटाले बताए ।

उनका अनुसार कैद सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार  गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *