TodayPati

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट गराउने पक्राउ

टुडेपाटी-
सिरहा, चैत २ गते ।

सिरहाको लहान स्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको अारोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का कार्यकता रहेको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामरा फोटोबाट गोप्य सूचनाका आधारमा प्रहरीको गहिरो अनुसन्धानपछि सिरहा शसस्त्र प्रहरीको टोलीले सुखीपुर नगरपालिका २, विद्यानगरबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको सिरहा प्रहरीले जनाएको छ ।

आइतवार दिउसो पौने १ बजे भएको शक्तिशाली बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका थिए । बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *