वीरगन्जबाट स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ
टुडेपाटी-
वीरगन्ज, फागुन २९ गते ।
वीरगन्जबाट स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ वर्षीय राजेशकुमार साह छन् ।
उनलाई पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो । साहमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Sponsored