बर्दिवासका एक डाक्टरले गरे अस्पताल बनाउन सवा १ करोडको जग्गा दान
टुडेपाटी-
महोत्तरी, फागुन २९ गते ।
महोत्तरीका एक चिकित्सकले अस्पताल बनाउन सवा १ करोड मूल्य बराबरको जमिन दान गरेका छन् । बर्दिबास नगरपालिका-३ पाटुस्थित पुर्ख्यौली गाउँमा सरकारी जनरल अस्पताल निर्माणका लागि दन्त रोगका वरिष्ठ चिकित्सक डा. सुवाश घिमिरेले एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने पाँच कठ्ठा जग्गा दान गरेका हुन् ।
दान गरिएको जग्गामा बन्ने सरकारी जनरल अस्पताल भवनको नगरप्रमुख विदुर कार्कीले शिलान्यास गरेका छन् । शिलान्यासमा वडा-३ का अधक्ष्य राजन ढुंगाना, डा. घिमिरेका दाजु श्याम घिमिरेलगाएतको उपस्थिति थियो ।
सामाजिक क्षेत्रमा योगदान पुर्याएका आफ्ना बाबुको स्मृतिमा स्थानीय बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गा दान गरेको डा. घिमिरेले बताए । नगर प्रमख बिदुर कार्कीले भवन एक वर्षभित्र निर्माण हुने बताए । उनले अस्पताल बनाउन नगरपालिकाले ४५ लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिए ।