TodayPati

प्रदेश २ : बदनाम पप्पुले पुल निर्माणको काम समयमा नसकिँदा स्थानीयलाई सास्ती

टुडेपाटी-
रौतहट, फागुन २९ गते ।

रौतहटमा पुल निर्माणको काम समयमा नसकिँदा स्थानीयलाई सास्ती खेप्नु परिरहेको छ । गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्ने टिकुलिया घाटमा पुल नबनेका कारण स्थानीय हिउँदमा बाँसको पुल र वर्षामा ढुंगाको सहाराले आवत जावत गर्न बाध्य छन् । २०७१ साल असार २६ गते यो पुल निर्माणका लागि पप्पु कन्सट्रक्सनले ठेक्का पाएका थिए ।

लालबकैया नदीस्थित रौतहट सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने टिकुलियाघाटको पुल ६ वर्षमा पनि बनिसकेको छैन । २०७४ असार २५ भित्र पुल निर्माण सक्नुपथ्र्यो । तर, हालसम्म करिब ५० प्रतिशत मात्रै काम भएको छ ।

Sponsored

निर्माण कम्पनीको ढिलासुस्तीका कारण लालबकैया नदी तर्न स्थानीयलाई कठिनाइ हुने गरेको छ । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले यो पुलेको शिलान्यास गरेका थिए । पुल नहुँदा लालबकैया नदीको टिकुलिया घाटमा पटक–पटक डुंगा पल्टिने गरेको छ ।

पप्पु कन्सट्रक्सनले पुल बनाउन ढिला गरेको भन्दै स्थानीयले आलोचना गरेका छन् । तत्कालीन सडक डिभिजन कार्यालय हेटौँडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा दुई सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो ।

लागत इस्टिमेटभन्दा २८ प्रतिशत तल १४ करोड ९३ लाखमा टेन्डर लिएर तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने लिखित गर्दै २०७१ असार २९ मा पप्पु कन्सट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरेको थिए । समयमा पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, वैरिया, अकोलवा, रामपुर खाप दर्जनौं गाउका बासिन्दालाई सदरमुकाम गौर आउन हिउँदमा बाँसको पुल र वर्षायाममा जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ ।

Sponsored

सो स्थानमा इशनाथ नगरपालिकाबाट अस्थायी पुल निर्माण गरेको भएपनि त्यो खोलाले बगाइ सकेको छ । गौर नगरपालिकाका मेयर अजय गुप्ताले समयमा काम नगर्ने ठेकेदारमाथि राज्यले कारबाही नगरेका कारण समस्या उत्पन्न भएको बताए ।

सो स्थानमा दुई वर्ष पहिला डुंगा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको थियो । इशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहताले ठेकेदारले समयमा पुल निर्माण नगरेका कारण चार किलोमिटरमा पुगिने सदरमुकाम गौर पुग्न कि त भारतको बाटो प्रयोग गर्नुपर्ने कि त २० किलोमिटर घुमेर गौर पुग्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *