सप्तरीमा दलित जनजागरण अभियान सञ्चालन
शुभ नारायण यादव-
सप्तरी, फागुन २७ गते ।
सप्तरीमा दलित जनजागरण अभियान सञ्चालन गर्ने अखिल मधेसी दलित अभियान सप्तरीका संयोजक देवलाल खंगले बताएका छन् ।
सप्तरीको भारदहमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी संयोजक खंगले दस्तावेज सार्वजनीकिरण कार्यक्रममा यस्तो बताए ।
उनले भने, “मधेशी दलितहरुको वर्तमान समयमा शोषण, उत्पीडन,दमन तथा राजनीतिक बहिष्करणको सिकार हुँदै आएकोले संवैदनशील अवस्थालाई चिरफार गर्न र मधेशी दलितहरुको अधिकार प्राप्तीको निम्ति निरन्तर शान्तिपूर्ण युद्ध मैदानमा सहभागी गराउन अखिल मधेशी दलित जनजागरण अभियानको सुरुवात गर्ने छु ।”
पत्रकार सम्मेलनमा संयोजक खंगले संगठनले अखिल मधेसी दलित (जनजागरण) सभा भनिने राजनीतिक, सामाजिक, आर्थिक,सांस्कृतिक आकांक्षा पूरा गर्ने परिकल्पना गरेको बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले राज्यको हरेक अंगमा मधेसी दलितको लागि राजनीतिक सहभागिता जनसंख्याको आधारमा सुनिश्चित गर्ने र रोटी, लुगाफाटा र आवाश मधेशी दलितहरूको लागि उपलब्ध गराउनुपर्छ ताकि कुनै पनि दलित भोकाएको नहोस् र छानबिना सुत्न नपरोस् भन्दैं २१ बुँदे माग प्रस्तुत गरेका थिए ।
Sponsored
पत्रकार सम्मेलनमा अभियानका सदस्यद्धय निरजकुमार रजक र मधुकुमारी मण्डलसहितको उपस्थिती रहेको थियो ।