TodayPati

कलैया उपमहानगरपालिका–८ का वडाध्यक्ष यादवको उपचारको क्रममा निधन

टुडेपाटी-
बारा, फागुन २७ गते ।

बाराको कलैया उपमहानगरपालिका–८ का वडाध्यक्ष विक्रम यादवको काठमाडौंमा निधन भएको छ । उनको बिहीबार बिहान काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

एक सातादेखि लिभर सिरोसिसको उपचार गराइरहेका यादवको बिहान १० बजेतिर मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । पाँच महिनाअघि लिभरमा समस्या भएपछि उनले त्यसको उपचार गराइरहेका थिए ।

Sponsored

स्वास्थ्यमा थप समस्या आएपछि एक सातादेखि यादव शिक्षण अस्पतालमा भर्ना भएका थिए । चिकित्सकको सल्लाह अनुसार शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको र उपचारको क्रममा वडाध्यक्ष यादवको निधन भएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले बताए ।

यादव स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

यादवका चारजना छोरा र तीनजना छोरी छन् । छोराहरु सबै बेरोजगार नै रहेकाले उनको निधनपछि परिवारको आर्थिक अवस्था झनै नाजुक हुने आफन्तहरु बताउँछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *