TodayPati

मदिरा नियन्त्रणमा मिर्चैया प्रहरीको सक्रियता : साढे २५ सय लिटर अवैध मदिरा नष्ट

बिनय यादव-

सिरहा, फागुन २५ गते ।

मिर्चैया प्रहरीले ठूलो परिमाणमा अवैध रुपमा उत्पादित घरेलु मदिरा नष्ट गरेको छ ।

Sponsored

सोमबार मिर्चैया नगरपालिका–७ मुलावारि गाउँबाट र्इलाका प्रहरी कार्यालय मिर्चैयाले साढे २५ सय अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो ।

मदिरा बिक्री वितरणका सञ्चालित भट्टीमा छापा हानी सो परिमाणको मदिरा बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रामकुमार महतोको कमाण्डमा खटेको प्रहरी टोलीले बरामद गरेको कच्चा पदार्थ २५ सय लिटर सोही स्थानमा नष्ट गरिएको र तयारी ५० लिटर मदिरा कार्यालयमा ल्याई नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Sponsored

योसँगै प्रहरीले भट्टीबाट साना र ठूला गरि २० थान भाडाकुडा पनि नियन्त्रणमा लिएको छ ।

त्यसक्षेत्रमा व्यापकरुपमा अवैध मदिरा उत्पादन र ओसारपसार भइरहेका सूचनाका आधारमा निगरानी बढाइएको र्इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।

मदिराकै कारण समाजमा विभिन्न किसिमका अपराधिक घटना निम्त्याउने गरेको भन्दै मदिरा नियन्त्रण अभियानलाई आफूले निरन्तर राख्ने पनि उनले जनाए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *