TodayPati

कोलकत्तामा १३ तल्ले भवनमा भयानक आगलागी, दमकलकर्मी र प्रहरी सहित ९ जनाको ज्यान गयो

एजेन्सी-

जनकपुरधाम, फागुन २५ गते ।

भारतको कोलकत्तामा भएको आगलागीमा ९ जनाको मृत्यु भएको छ ।

Sponsored

इस्ट्रन रेलवेजको कार्यालय रहेको १३ तले भवनमा सोमबार साँझ भएको आगलागीमा सो दुर्घटना भएको हो ।

यद्दपी आगलागीको कारण भने खुल्न सकेको छैन् ।

बंगला प्रहरीका अनुसार मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन्।

Sponsored

मृत्यु भएका दुई जनाको पहिचान खुल्न सकेको छैन।

उनीहरूको शरीर जलेर नचिनिने भएपछि पहिचान खुल्न गाह्रो भएको भारतीय संचारमाध्यमले जनाएको छ ।

मृत्यु भएकाहरू लिफ्टमा ११ तलासम्म गएको र त्यहाँ धुँवाले निस्सासिएको बुझिएको छ।

भवनको बाह्रौं तलामा आगलागी भएको थियो।

उक्त भवनमा इस्ट्रन रेलवेजको टिकट रिजर्भेसन, सञ्चार र सिंग्नलिङको कार्यालय थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *