TodayPati

प्रदेश २ : मोटरसाइकलको ठक्करबाट मन्दिरका पूजारीको ज्यान गयो

शुभ नारायण यादव-

सप्तरी, फागुन २३ गते ।

सप्तरीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भई उपचारको क्रममा एका पुजारीको निधन भएको छ ।

Sponsored

रौतहटको देवाही गोनाही नगरपालिका– ९ घरहरीका ब्रम्ह देव साह भनिने ६५ वर्षीया रेखा दासको अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

दास ईटवालस्थित राम मन्दिरका महन्थ थिए ।

गत शुक्रवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ तारखोला पुलस्थित बा ४० प २२१५ नम्वरको मोटरसाइकलले ठक्कर दिएपछि दास गम्भीर घाइते भएका थिए ।

Sponsored

रुपनीस्थित युनिक अस्पतालमा दासको उपचारपछि थप उपचारको लागी विराटनगरस्थित बिराटनर्सिङ अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा विहान छ बजेट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रब्क्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका– ६ का ३० वर्षीय मो.रमजानी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *