TodayPati

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते

टुडेपाटी-
जनकपुरधाम, फागुन १९ गते ।

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् ।

बर्दिबास नगरपालिका ७ बस्ने शिवकुमार साहका छोरा ७ वर्षीय अनुराज साह घाइते भएका हुन् ।

Sponsored

बुधबार बिहान ११ बजे बर्दिवास नगरपालिका ६ स्थित किशाननगरबाट बर्दिवास तर्फ जादै गरेको ना ५१ प २६९ नम्बरको मोटरसाइकले बाटो क्रस गर्न लागेका बालकलाई घर नजिकै ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बालकलाई बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो ।

त्याहँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल काठमाण्डौं रेफर गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

Sponsored

उनका अनुसार ठक्कर दिने मोटसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *