TodayPati

जनकपुर यातायात कार्यालयबाट १५ जना दलाल प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, फागुन १९ गते ।

जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना दलाल पक्राउ परेका छन् ।

बुधबार दिउँसो उनीहरुलाई यातायात व्यवस्था कार्यालय जनकपुरबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

उनका अनुसार सर्वसाधारणसंग पैसालिएर काम गराइदिने विचौलियाहरुलाई कार्यालय भित्र तथा वरिपरिबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्ने बिचौलियाहरुमा श्याम सुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्र कुमार यादव, अरीफ राईन, भवीद्द्न साह, संजय साह, उमेश कुमार महतो, ध्रमेन्द्र कुमार यादव सहित १५ जना छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अनुसन्धान गरिरहेको र दोषी भेटिए कानुन बमोजिम कारबाही हुने डीएसपी मिश्रले बताए ।

Sponsored

केहिदिन अघि यातायात कार्यालयबाट एक कार्यालय सहयोगी र एक बिचौलिया घुस रकमसहित अख्तियारको फन्दामा परेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *