TodayPati

पीडित महिलामाथि नै पञ्चले गरे ५ हजार जरिवाना, तिर्न नसक्दा गरिन् आत्महत्या

टुडेपाटी-
जनकपुरधाम, फागुन १५ गते ।

धनुषामा पञ्चायतले तोकेको जरिवाना तिर्न नसक्दा एक महिलाले आत्महत्या गरेकी छन् । धनुषाको औरही गाउँपालिका–२ देउरीकी रामजिवन यादवकी श्रीमती ३६ वर्षीया बिनिता देवी यादवले आत्महत्या गरेकी हुन् ।

गएको बिहीबार दिउँसो गाउँकै ओसराबलाको खेतमा साग टिपेको विषयमा भएको विवादपछि पञ्चायतले बिनिता लगायत तीनजना महिलालाई जनही पाँचहजार रुपैयाँ जरिवाना तोकेको थियो ।

Sponsored

शुक्रबार भएको पञ्चायतले तत्कालै जरिवाना बुझाउनु तिर्न दबाब दिएपछि बिनिताले आफ्नो घरमा पुगेर पासो लगाइ आत्य हत्या गरेकी स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार खेतमा घाँस काट्दै गरेका उनीहरुलाई खेतधनी महिलाले साग चोरेको आरोप लगाएर खेतधनीसहित अन्य महिलाहरुले सुमित्रा, बबिता र बिनितामाथि कुटपिट गरेका थिए ।

पीडित बबिता लगायत तीनैजनाले आफुहरुमाथि अन्याय भएको भन्दै पञ्चायत डाकेकी थिइन् । सोही वडाका वडाध्यक्ष अमित यादवको अगुवाइमा भएको पञ्चायतमा उल्टै तीनै महिलाले गल्ती गरेको भन्दै जनही ५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

Sponsored

पञ्चायतले तत्कालै जरिवाना रकम बुझाउन दबाब दिएको थियो । न्याय पाउनुपर्नेमा आफुहरुमाथि झन् अन्यास भएको, समाजमा अपमान भएको र पैसा समेत नभएका कारण बबिताले तत्कालै घरमा झुण्डिएर आत्महत्या गरेको एक स्थानीयले बताए ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले के कारणले आत्महत्या गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *