TodayPati

इमो र ह्वाट्स एपमार्फत पैसा ठग्ने वीरगञ्जका यादवसहित २ जना पक्राउ

टुडेपाटी-
वीरगञ्ज, फागुन १३ गते ।

अनलाइन मार्फत पैसा ठगी गर्ने एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्ला घर भएका ४३ वर्षीय राकेश कुमार र पर्साको वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय रामपुकार प्रसाद यादव रहेका छन् ।

Sponsored

विभिन्न मितिमा इमो र ह्वाट्स एपमार्फत चिठ्ठा परेको भन्दै बैंक खाता र इसेवाबाट उनीहरुले १ लाख ८४ हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए ।

उनीहरुबाट पीडित ६ जनाले महानगरीय अपराध महाशाखा काठमाडौंमा दिएको उजुरीको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *