TodayPati

उपहार परेको भन्दै आईएमई मार्फत पैसा ठगी गर्ने पर्साका दीपकसहित ३ जना प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, फागुन १३ गते ।

काठमाडौंको याङरिमा हिलसिटीबाट उपहार परेको भन्दै ठगी गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–७ घर भई काठमाडौंमा बस्दै आएका २६ वर्षीय दीपककुमार दुवे लगायत तीनजना छन् ।

विभिन्न मितिमा उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आईएमई मार्फत पैसा पठाउन लगाइ ठगी गरेको सूचनाको आधारमा बुधबार साँझ ५३ हजार नगदसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Sponsored

अन्य दुई जनाको भने पहिचान नखुलेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *