TodayPati

सप्तरीमा डिजे बजाउनमा प्रतिबन्ध, बजाउनेलाई यस्तो हुनेछ कारबाही !

टुडेपाटी-
सप्तरी, फागुन १३ गते ।

सप्तरीमा चर्को स्वरमा स्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिमा सबै स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुखको उपस्थितीमा आयोजना गरिएको बैठकबाट यस्तो निर्णय भएको हो ।

समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित बैठकबाट लाउडस्पिकर र डिजे साउण्डले अत्यधिक ध्वनि प्रदूषण भइरहेका कारण प्रदूषण नियन्त्रण गर्ने उदेश्यका साथ उक्त निर्णय गरिएको छ । निर्णयसँगै राति १० बजेदेखि बिहान ५ बजेसम्म लाउडस्पिकर र डिजे बजाउन नपाउने भएको छ ।

Sponsored

‘अब राति १० बजेदेखि बिहान ५ बजेसम्म लाउडस्पिकर र डिजे बजाउन पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ’ जिल्ला समन्वय समितिका प्रमुख यादवले भने, ‘अन्य समयमा पनि नियन्त्रित रूपमा मात्रै लाउडस्पिकर र डिजे बजाउन पाउँछ ।’

निर्णय नमान्नेलाई कानुनबमोजिम कारबाही गर्ने गराउनेसमेत निर्णय भएको उनले बताए ।

‘निर्णय पालना नगरेको पाइए कानुनअनुसार कारबाही गर्ने गराउने पनि निर्णय भएको छ’ उनले भने, ‘यद्यपी कुनै सांस्कृतिक रूपमा कुनै कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहको स्वीकृति लिउनुपर्ने र सोबारे स्थानिय प्रशासनलाई जानकारी गराउनुपर्ने बैठकबाट निर्णय भएको छ ।’

Sponsored

यसबाहेक बढ्दो दुर्घटना नियन्त्रण गर्न पनि महत्वपूर्ण निर्णय भएको प्रमुख यादवले बताए ।

‘बाटो–घाटो र सडकमा थुपारिएका निर्माण सामग्री र सवारी साधनको पार्किङ व्यवस्थित गर्न स्थानीय तहले आवश्यक पहल निर्णय भएको छ’ उनले भने–‘बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्न यो कदम चालिएको छ, यसले केही हदसम्म अवश्यक पनि दुर्घटना न्यूनीकरण हुने विश्वास छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *