TodayPati

सर्लाहीमा मोटरसाइकल पुलमुनि खस्दा चालक साहको ज्यान गयो

टुडेपाटी-

सर्लाही, फागुन ३० गते ।

सर्लाहीमा पुलमा मोटरसाइकल ठोक्किदाँ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–४ बस्ने २३ वर्षीय सुनिल साह रहेका छन्।

Sponsored

सर्लाहीको बरहथवा नगरपालिका-५ चोर्निया पुलमा बीआर ३० एल ७६७३ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो अनियन्त्रित भई पुलमुनि खस्दा मोटरसाइकल चालक साहको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको बरहथवा एडभान्स सन्जिवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *