TodayPati

कोरोना भाइरस विरुद्ध सार्कको एउटा रणनीति बनाउन मोदीको प्रस्ताव

भारत, फागुन ३० गते ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रको एउटा साझा रणनीति बनाउन प्रस्ताव गरेका छन् ।

उनले संसारभर फैलिरहेकाे याे राेग सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका हुन् ।

Sponsored

‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं,’ उनले ट्विटमार्फत् सो प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संयुक्तरुपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेश गर्न सक्छौं र स्वस्थ ग्रहका लागि योगदान पुर्‍याउन सक्छौं ।’

दक्षिण एसियाका ८ मुलुकमध्ये भारत र पाकिस्तानमा काेराेनाका कारण एक-एक जनाकाे मृत्यु भएकाे छ भने भारतमा ७५ र पाकिस्तानमा २२ जना संक्रमण भएकाे पाइएकाे छ। अफगानिस्तानमा ९, माल्दिभ्समा २, श्रीलंकामा ३, ब‌ंगलादेशमा ३, भुटानमा १ (अमेरिकी नागरिक), र नेपालमा १ (निकाे भइसकेकाे) जना संक्रमित फेला परेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *