TodayPati

सप्तरीबाट १ किलो अवैध चाँदीसहित एक भारतीय नागरिक सशस्त्र प्रहरीको फन्दामा

टुडेपाटी-
सप्तरी, फागुन ११ गते ।

सप्तरीमा १ केजी ३९ ग्राम अवैध चाँदीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट अवैधरुपमा भित्र्याउँदै गरेका चाँदीसहित भारत बिहार राज्यको मधुवनी जिल्लाको भरपुरी घर भएका २६ वर्षीय जोसिम आलम छन् ।

सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीबाट उक्त चाँदीसहित उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

Sponsored

बरामद गरिएको चाँदीसहित आलमलाई राजविराज भन्सार कार्यालयको जिम्मा लगाइएको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *