धनुषाबाट अपहरणमा परेका ७ वर्षीय बालक भेट्यो, १ करोड फिरौती माग्ने बुवा र मामा पक्राउ
टुडेपाटी-
जनकपुरधाम, फागुन ९ गते ।
धनुषाबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ ।
नगइराइन नगरपालिका ६ स्थित जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको प्रहरीले ७ घण्टा भित्रै उद्धार गरेको हो ।
उनलाई शनिवार राति जनकपुरको एक होटेलबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए ।
Sponsored
प्रहरीका अनुसार साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो ।
धनुषाबाट अपहरणमा परेका एकजना बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको छ ।
अपहरणमा संलग्न बालकका मामासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालकका बुवा पनि छन् ।
बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । लक्ष्मेश्वर दास र अर्का एक जनाको नाम खुल्न सकेको छैन् ।
प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ ।
बच्चा अपहरणमा उनको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।