TodayPati

जनकपुरमा मिस्टर एण्ड मिस तराई मोडलिङ् सिजन २ को अडिसन सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, फागुन ९ गते ।

जनकपुरमा मिस्टर एण्ड मिस तराई इन्टरनेश्नल मोडलिङ् सिजन २ को अडिसन सकिएको छ ।

ब्राइट इभेन्ट म्यानेजमेन्टले आयोजनामा शनिबार जनकपुरमा भएको मोडलिङ् सिजन २ को अडिसनबाट ३७ जना युवायुवती छनोट भएका छन् ।

Sponsored

जनकपुर, वीरगञ्ज, बिराटनगर, सिरहा, रौतहट, बारा लगायतको जिल्लाबाट ५४ जना युवायुवती सहभागि भएको सिजन २ को अडिसनमा ३७ जना छनोट भएको आयोजक संस्थाले जनाएको छ ।


अडिसनमा छनोट भएका युवायुवतीहरुलाई २५ दिन मोडलिङ् सम्बन्धी प्रशिक्षण दिइने छ भने अगामी चैत ७ गते फाइनल छनोट गरिने आयोजक संस्थाका सिइओ राजन भट्टराईले जानकारी दिए ।

सिजन टु अडिसन कार्यक्रमको उदघाटन प्रमुख अतिथि धनुषाको सबैला नगरपालिकाका मेयर विजयशंकर साहले गरेका थिए भने कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अडिसनका जज गरेका अमित गिरी, म्यानेजमेन्टका सिइओ राजन बुढाथोकी, एसके शर्मा लगायत थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *