दलित विकास समिति प्रदेश २ को उपाध्यक्षमा रामप्रवेश बैठा
टुडेपाटी-
जनकपुरधाम, फागुन ६ गते ।
दलित विकास समिति प्रदेश २ को उपाध्यक्षमा सर्लाहीका रामप्रवेश बैठा नियुक्त भएका छन् । प्रदेश २ सरकारको बिहीबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकबाट बैठालाई नियुक्त गरिएको हो ।
समितिको अध्यक्ष भने सामाजिक विकास मन्त्री नवलकिशोर साह रहनेछन् ।
मन्त्री साहका अनुसार सदस्यहरुमा सिरहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिरहाकी सुनिता मरिक डोमलाई नियुक्त गरिएको छ ।
नियुक्त भएकाहरुले दलित सशक्तिकरण ऐनलाई कार्यान्वयन गर्दै दलितमाथि हुने भेदभाव, हिंसाविरुद्व काम गर्ने मन्त्री साहको भनाइ छ ।
दलित सशक्तिकरण ऐन एक वर्षअघि नै प्रमाणीकरण भइसके पनि कार्यान्वयन गर्न सरकारले तदारुकता नदेखाएको भन्दै दलित समुदायले गुनासो गर्दै आएका थिए ।
Sponsored