TodayPati

पत्रकार साह हत्याकाण्ड : आरोपित फौजदारलाई थुनामा राख्न अदालतको आदेश

टुडेपाटी

पर्सा, फागुन २९ गते ।

जिल्ला अदालत बाराले बाराका पत्रकार वीरेन्द्र साह हत्याका आरोपित कुन्दन भनिने नरेन्द्र कुमार फौजदारलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

Sponsored

पत्रकार साहको हत्याको आरोपमा पक्राउ परेका फौजदारलाई बिहीबार अदालतमा पेश गरिएकोमा अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो।

अर्को फैसला नहुन्जेल फौजदारलाई थुनामा राख्न अदालतले आदेश दिएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए। आरोपित फौजदारलाइ गत आईतबार प्रहरीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो।

पक्राउ परेका फौजदारसहित अन्य ५ जनाले २०६८ साल असोज १८ गते पत्रकार बिरेन्द्र साहको पिपरा बजारबाट अपहरण गरि हत्या गरेका थिए।

Sponsored

पत्रकार साहको शब कार्तिक २२ गते डुमरवानास्थित जँगलमा गाडिएको अवस्थामा फेला परेको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *