बारामा २० लाखको लागतमा धर्मशाला बन्दै, शिलान्यास सम्पन्न
टुडेपाटी-
बारा, फागुन ४ गते ।
बारामा धर्मशालाको शिलान्यास गरिएको छ । कलैया उपमहानगरपालिका–१ मा उपमहानगरपालिकाले राजदेवी मन्दिर परिसरमा धर्मशाला बनाउन लागेको हो । धर्मशालाको मंगलबार नगर प्रमुख राजेश राय यादवले शिलान्यास गरेका छन् ।
राजदेवी मन्दिर मनोकांक्षा पुरा गर्ने शक्ति पिठको रुपमा प्रसिद्ध छ । एक तले धर्मशाला बनाउनका लागि कलैया उपमहानगरपालिकाले नगर स्तरीय योजना अन्तर्गत २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपभोक्ता समिति मार्फत धर्मशाला निर्माण गर्न लागिएको छ ।
धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेशकुमार साहले असार मसान्तभित्रै काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।