TodayPati

झापामा एक युवकमाथि सामुहिक बलात्कार, दुई जना प्रहरीको फन्दामा

टुडेपाटी-

बिर्तामोड, फागुन ३ गते ।

झापामा सामुहिक बलात्कारको शिकार भएका युवक सख्त घाइते भएका छन् ।

Sponsored

कनकाई नगरपालिका–७ स्थित बिरिङ नदीको लुकुनी खाडीमा दुई युवाको बलात्कारबाट एक युवक सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ बर्षिय पारस तामाङ र कनकाई ७ का २१ बर्षिय विनोद टुडुले कनकाई ७ का ३० बर्षिय एक युवकलाई खोला किनारामा अप्राकृतिक यौन कृयाकलाप गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते युवकको हाल बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भैइरहेको छ ।

Sponsored

अप्राकृतिक यौन क्रियाकलापमा संग्लन दुबैलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

उनले घटनामा संलग्न भनिएका दुवैलाई पक्राउ गरेपनि घाइतेका तर्फबाट उजुरी नपरेको जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *