पृथ्वीबाट झण्डै ५० करोड किलोमिटर यात्रा गरेर मंगल ग्रहमा यूएई अन्तरिक्षयान पठाउन सफल
टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।
यूएईको होप अभियान अन्तर्गत मंगल ग्रह पुगेको अन्तरिक्षयानले पहिलो तस्बिर पठाएको छ ।
गत हप्ताको मंगलबार मात्र उक्त अन्तरिक्षयान मंगल ग्रहमा पुगेको थियो ।
त्यसकै अर्कोदिन बुधबार उक्त यानको होप इएक्सआई इन्स्ट्रुमेन्टले २४ हजार ७ सय किलोमिटरको उचाइबाट ग्रहको तस्बिर लिएको बताइएको छ ।
तस्बिरमा उत्तरी क्षेत्र र बिहानीको सूर्यको किरण देखिएको छ ।
यूएई मंगल ग्रहमा आफ्नो अन्तरिक्षयान पठाउन पहिलोपटक सफल भएको हो ।
पृथ्वीबाट झन्डै ५० करोड किलोमिटर यात्रा गरेरे उक्त यान मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो ।
Sponsored
यूएईको ‘होप’ अर्थात् विश्वास अभियानअन्तर्गत उक्त यानले मंगल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू सङ्कलन गर्ने बीबीसीले जनाएको छ ।
अरब जगत्को यो पहिलो अन्तरिक्ष अभियान हो । सात महिना अगाडि यूएईको यान मंगल ग्रहतर्फ प्रस्थान गरेको थियो । बीबीसी