प्रदेश २ : बालुवा तस्कर र प्रहरीबीच झडप, एक प्रहरीको हात भाँच्चियो अर्का प्रहरीको कन्चट फुट्यो
टुडेपाटी-
वीरगञ्ज, माघ ३० गते ।
भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच पर्सामा झडप भएको छ ।
झडपको क्रममा तस्करको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते भएका छन्।
शुक्रबार बिहान भारतसँग सीमा जोडिएको पर्साको जीराभवानी गाउँपालिका–१ पिपरडारीस्थित ओरीया खोलामा भइरहेको बालुवा तस्करी रोक्न खोज्दा झडप भएको थियो ।
भारतीय बालुवा तस्करले नेपाली भूमिमा छिरेर बालुवा उत्खनन गर्न थालेपछि रोक्ने क्रममा दुई सशस्त्र प्रहरी घाइते भएका हुन् ।
Sponsored
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार तस्करको आक्रमणबाट सशस्त्र प्रहरीका २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका छन् ।
पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए अनुसार तस्करहरुले सशस्त्र प्रहरीकमाथि बेल्चा प्रहार गरेका थिए।
आयुषको कन्चटमा चोट लागेको छ भने नरेशको देब्रे हात भाँच्चिएको छ। उनीहरु दुवै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्टरसहित ३०/४० जनाको संख्यामा उनीहरू ओरिया खोलाको नेपाली भूमिमा प्रवेश गर्न खोजेका थिए,’ खड्काले भने,‘ट्याक्टर नियन्त्रणम लिन खोज्दा उनीहरूले ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भयो।’
उत्खनन् गर्नेको संख्या थोरै भएपनि सुरक्षाकर्मीले अवरोध गरेपछि भारतीय गाउँ गदियानी भंगहाबाट दुई-तीन सयको संख्यामा आएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेको खड्काले बताए।
एसपी खड्का अनुसार ओरिया खोलामा यसअघिपनि बालुवा उत्खनन्को विषयलाई लिएर भारतीय नागरिकसँग पटक–पटक झडप भइसकेको छ।
दशगजा क्षेत्रबाट बग्ने ओरिया खोलामा उत्खनन् रोक्न खोज्दा भारतीयहरूले सुरक्षाकर्मीलाई नै कुट्ने, हतियार खोस्नेजस्ता कार्य गर्दै आइरहेका छन्।