TodayPati

जानकी मेडिकल कलेजमा २६ दिनदेखि कर्मचारी रिले अनशनमा, सशक्त आन्दोलनको तयारी

टुडेपाटी-

जनकपुरधाम, माघ ३० गते ।

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारीहरुले २६ दिने रिले अनशनलाई निरन्तरता दिँदै थप शशक्त आन्दोलनको तयारी थालेको छ ।

Sponsored

कलेज प्रशासनसँग भएका सम्झौता तथा जायज माग सम्बोधन नभएको भन्दै आन्दोलित कर्मचारीले अनशनलाई निरन्तरता दिँदै थप सशक्त आन्दोलनको तयारी थालेको हो ।

जानकी मेडिकल कलेज र कर्मचारीबीच विगतमा भएको सहमती कार्यन्वयन नगरेकोको भन्दै माघ ५ गतेदेखि कलेज परिसरमै कर्मचारीहरु रिलेश अनशनमा बसेका छन्।

दैनिक दुई जना कर्मचारी रिले अनशनमा बस्दै आएका छन् भने बाँकी कर्मचारीले उनीहरुलाई साथ दिँदै आएका छन् ।

Sponsored

रिले अनशन बस्नुअघि कर्मचारीद्वय जानकी शरण यादव र कुल्दिप साहले कर्मचारीको जायज माग राख्दै आमरण अनशन बसेका थिए। आमरण अनशन २८ औं दिनपछि तोडिएको थियो।

आन्दोलनरत कर्मचारी र प्रशासनबीच सम्झौता भएपछि आन्दोलनरत कर्मचारीले आमरण अनशन तोडेका थिए।

गएको मंसिर २३ गते आन्दोलनरत कर्मचारी र कलेज प्रशासनबीच तीन बुँदे सहमति पश्चात अनशन तोड्ने सहमती भएपछि कर्मचारीले आन्दालनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको थियो ।

तर भएको सहमती कार्यन्वयन नगरेपछि बाध्य भएर फेरि आन्दोलनमा उत्रिनु परेको कर्मचारी हकहित संर्घष समितीका संयोजक उमेश यादवले बताए।

केहि कर्मचारीमाथि पूर्वाग्रही तरिकाले कलेज प्रशासनले गरेको कारबाही फिर्ता लिनुनुपर्ने, ६ वर्षदेखिको संचय कोष र दशैंभत्तालगायतको हरहिँसाब दिनुपर्ने लगायतको मागसहित कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *