सर्लाहीबाट लागुऔषध सहित यादव प्रहरीको फन्दामा
टुडेपाटी-
सर्लाही, माघ २८ गते ।
सर्लाहीबाबट लागुऔषध सहित एकजना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल हरिवन बेसक्याम्पको टोलीले सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको अवस्थामा मंगलबार साँझ लागूऔषध सहित मलंगवा नगरपालिका–४ निवासी ४१ वर्षीय सुरेन्द्र यादवलाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत लालबन्दी नगरपालिका–२, जुटपानीमा भारतीय मोटरसाईकलमा लागूऔषधको रुपमा प्रयोग हुने नेपालमा प्रतिबन्धित ७५ बोतल वीन्सिरेक्स सहित यादवलाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनको साथबाट बरामद् लागूऔषध, मोटरसाईकल लगायत सामान सहित यादवलाई आवश्यक कार्बाही प्रकृयाका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाईएको सशस्त्र प्रहरी बेस क्याम्प हरिवनले जनाएको छ ।
Sponsored