TodayPati

सर्लाहीबाट १२ सय लागुऔषध नाइट्रोभेट ट्याब्लेटसहित एक युवक पक्राउ

टुडेपाटी-
सर्लाही, माघ २४ गते ।

सर्लाहीमा लागुऔषधसहित एकयुवक पक्राउ परेका छन् । नाईट्राभेट–१० नामक १२०० ट्याब्लेट औषधीसहित कबिलासी नगरपालिका–१० निवासी ३० वर्षीय नन्दकिशोर राय पक्राउ परेको हो ।

सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको भारतीय BR-30-M-0395 नम्बरको मोटरसाईकलमा उक्त लागसऔषध ओसार्दै गरेको अवस्थामा शुक्रबार साँझ रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकृत प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिए ।

Sponsored

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको टोलीले कविलासी नगरपालिका–८ अगर्वामा चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारेको प्रहरी निरीक्षक चोरवारले बताए ।

सेतो प्लाष्टिकको झोलामा लुकाई छिपाई मोटरसाईकलमा राखेर नवलपुरतर्फ गईरहेको अवस्थामा उक्त लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । बरामद लागुऔषध र मोटरसाईकलसहित ओसारपसारमा संलग्न रायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *