TodayPati

प्रतिनिधिसभा विघटनको विरोधमा जनकपुर सहित देशभर आज काँग्रेसको भातृ संगठनले प्रदर्शन गर्दै

टुडेपाटी

जनकपुरधाम, माघ २४ गते ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटना विरुद्ध नेपाली काँग्रेसका भातृ संघ–संगठनले आज देशभर प्रदर्शन गर्दैछन्।

Sponsored

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको तेस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत शनिबार भातृ संगठनहरुले देशभर प्रदर्शन तथा सभा गर्न लागेका हुन्।

माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।

जसअन्तर्गत आज देशभरका भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई विरोधमा उतार्ने भएको हो। आज ७७ जिल्लामा १८ शुभेच्छुक संघ–संगठनले विरोध प्रदर्शन गर्ने कांग्रेसले जानकारी दिएको छ।

Sponsored

प्रतिनिधि सभा पविघटनविरुछ यसअघि कांग्रेसले, जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्मै प्रदर्शन गरेको थियो। कोरोना संक्रमणलाई ख्याल गर्दै कांग्रेसले प्रदर्शनका क्रममा मास्क अनिवार्य प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न पनि आग्रह गरेको छ।

त्यस्तै कांग्रेसले फागुन ३ गते ७७ जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस सडक संघर्षमा उत्रिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *