भारतमा किसानले आज देशभर चक्काजाम गर्दै, तनावमा मोदी सरकार
एजेन्सी
जनकपुरधाम, माघ २४ गते ।
कृषिसम्बन्धी कानुन खारेजी माग गर्दै आन्दोलनरत त्यहाँका किसानले आज शनिबार देशव्यापी चक्का जाम गर्ने भएका छन्।
मोदी सरकारले ल्याएको कृषि कानुनल किसान विरुद्ध अत्याचार गरिएको भन्दै कानुन फिर्ता लिन माग गर्दै किसान संगठनहरुले चक्का जाम गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले दिल्ली, यूपी र उत्तराखण्ड छाडेर आज दिउँसो १२ बजेदेखि ३ बजेसम्म चक्का जाम गर्ने भएका हुन्।
आन्दोलित किसानका अनुसार एम्बुलेन्स, स्कुल बसजस्ता अति जरुरी सवारीसाधनलाई भने चल्न दिइनेछ।
यसैबीच भारतमा जारी किसान आन्दोलनबारे संयुक्त राष्ट्र संघ पहिलोपटक बोलको छ।
Sponsored
राष्ट्रसंघको मानव अधिकारवादी संस्था ह्युमन राइट्सले भारतीय प्रशासन र आन्दोलित किसान दुवै पक्षलाई बढीभन्दा बढी संयता अपनाउन अपिल गरेको हो।
उसले भनेको छ सबै किसिमका मानव अधिकारको सम्मान गर्दै न्यायपूर्ण निकास निकाल्न जरुरी छ।
भारतमा २ महिनादेखि जारी किसान आन्दोलनबारे संयुक्त राष्ट्र संघले पहिलोपटक आफ्नो अभिव्यक्ति दिएको हो।
लामो समयदेखि सरकार र किसानबीच पटक पटक वार्ताको प्रयास भएपनि सफल हुन सकेको छैन् । किसान आन्दोलनले अन्तर्राष्टिय स्तरमा समेत भारतको छवि विग्रिएको छ ।
पछिल्लो समय अन्तर्राष्टिय हस्तहिरुले समेत किसानको समर्थन गरेपछि मोदी सरकार तनावमा छ ।