बटेश्वर गाउँपालिकाका ३५ जना विपन्न असहायलाई गंगोत्रीको सिरक
टुडेपाटी-
जनकपुरधाम, माघ २१ गते ।
बटेश्वर गाउँपालिका वडा नम्बर १ र २ का विपन्न, असहाय तथा वृद्धवृद्धाहरुलाई सिरक वितरण गरिएको छ ।
शिव शक्ति युवा क्लबको अायोजनामा महेन्द्रनगरको गंगोत्री बोर्डिङ स्कुलले जाडोबाट बच्न विपन्न, असहाय तथा वृद्धवृद्धा ३५ जनालाई सिरक वितरण गरेको हो ।
वडा न. २ भूचक्रपुर स्थित श्री जन प्रिय माध्यमिक विद्यालयमा शिव शक्ति युवा क्लबका अध्यक्ष बहादुर ध्रुमचिङ्को अध्यक्षता तथा गंगोत्री बोर्डिङ स्कुलका प्रिन्सिपल गणेश साहको अध्यक्षतामा सिरक वितरण गरिएको छ ।
सिरक वितरण कार्यक्रममा वडा नं. १ का अध्यक्ष शैलेन्द्र महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र महतो, मटुक महतो रंकीदेवी प्राविका प्रधानाध्यापक रामवृक्ष महतो, स्थानीय युवा शिवचन्द्र ठाकुर लगायत विद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
Sponsored