९ बुँदे मागसहित ट्रेड युनियनले डाक्नेश्वरीका मेयरलाई बुझाए ज्ञापनपत्र
शुभ नारायण यादव-
सप्तरी, माघ २० गते ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै अनियमितता बन्द गर्नुपर्ने मागसहित नेपाल ट्रेड युनियन महासंघ जिफन्टले पालिकामा ज्ञापनपत्र बुझाएको छ ।
जिफन्टका अध्यक्ष रामअवतार यादवको नेतृत्वमा सप्तरीको डाक्नेश्वरि नगरपालिकाका मेयर शिवनारायण साहलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा अनौपचारिक क्षेत्र श्रमिकको पन्जिकरणका साथै रासन कार्डको अबिलम्ब व्यवस्था गर्नपर्ने, अनौपचारिक क्षेत्र श्रमिकको सामाजिक सुरक्षा लागू गर्नुपर्ने, प्रधानमन्त्रीद्वारा योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, अवकाशविहीन मजदुरहरुलार्इ आबासको व्यवस्था गर्नुपर्ने, बेरोजगार मजदुरहरुलार्इ रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका मागसहित ज्ञापनपत्र बुझाएको छ ।
यस्तै क्षमता अभिवृद्धि तालिम अथवा जनचेतनामूलक कार्यक्रम जिफन्टद्वारा सन्चालन गर्नुपर्ने, कोरोना भाइरसमा खर्च भएको रकमको विवरण उपलब्ध गराउनुपर्ने ,सुचनाको हक अनुसार सम्पुर्ण बिकास निर्माण कार्यको लागत इस्टिमेट मुल्यांकन उपलब्ध गराउनुपर्ने र नगरपालिकामा भएको आर्थिक अनियमितता बन्द गर्नुपर्ने लगायतका मागसहित सो ज्ञापनपत्र बुझाएको जिफन्टका सचिव गणेश चौधरीले बताए ।
आफूहरुको जायज माग अविलम्ब पूरा नगरेको खण्डमा नगरपालिकाबिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत जिफन्टले दिएका छन् । सार्थ आफुहरुको जायज माग एक साताभित्र पूरा नभएको खण्डमा धर्ना, जुलुस, तालाबन्दी र अनसन लगायतका संर्घषका कार्यक्रमहरु गर्ने जिफन्टका सचिव चौधरीले बताए ।
नगरपालिकाका मेयर साहले ज्ञापनपत्र बुझदै उनीहरुको जायज माग पूरा गर्ने प्रतिबद्धता जनाए ।
Sponsored