TodayPati

मधेश आन्दोलनका ११ शहीद परिवारलाई प्रदेश २ सरकारले दिए जागिर

टुडेपाटी-
जनकपुरधाम, माघ २० गते ।

मधेश आन्दोलनमा शहीद भएका परिवारहरुलाई भौतिक पूर्वाधार मन्त्रालयले जागिर दिएका छन् । एक रोजगार उपलब्ध गराउने क्रममा मङ्गलवार प्रदेश नम्बर दुईको भौतिक पूर्वाधार मन्त्रालयले मधेश आन्दोलनका शहीद मध्ये ११ परिवारलाई रोजगारी उपलब्ध गराएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार विभिन्न निकायमा ११ जना शहीद परिवारलाई रोजगारी दिएको छ ।

मधेस आन्दोलनमा शहीद भएकाहरूको परिवारलाई रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता अनुसार उनीहरूलाई करारमा जागिर दिइएको हो । मन्त्रालयका सचिव रामआधार साहले शहीद परिवारलाई नियुक्त पत्र दिएका छन् ।

Sponsored

थप शहीद परिवारलाई स्थायी रूपमा जागिरको व्यवस्थापनका लागि पहल गरिरहेको मन्त्री जितेन्द्र सोनलले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *