सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु
टुडेपाटी-
सप्तरी, माघ १८ गते ।
सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । राजविराज नगरपालिका ४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साहको मृत्यु भएको हो ।
शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।