जाडो छल्न आगो ताप्ने क्रममा जलेर दुई बालबालिकाको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, माघ १७ गते ।
जाडो छल्न आगो ताप्ने क्रममा जलेर दुईजना बालबालिकाको ज्यान गएको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ मा परालको मतानमा आगो सल्किँदा दुई बालबालिकाको जलेर शनिबार दिउँसो मृत्यु भएको हो ।
स्थानीय नेचासल्यानका टेबप्रसाद निरौलाका अन्दाजी ५ र ६ वर्षकी नाति नातिनाको मृत्यु भएको वडााध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिए ।
चिसो छल्न पराल बालेर आगो ताप्ने क्रममा मतानमा आगो सल्किएको अनुमान गरिएको छ ।
आगो ताप्ने क्रममा असावधानिवस पराललबाट आगो मतानमा सल्किएको हुन सक्ने आशंका स्थानीयको छ ।
Sponsored
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।