TodayPati

ओबिसीको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, माघ १२ गते ।

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । जनकपुरधामस्थित जनकपुर उघोग बाणिज्य संघमा शनिबारदेखि सुरु भएको ओबिसीको राष्ट्रिय महाधिवेशन सोमबार पत्रकार सम्मेलन गरी सम्पन्न भएको हो ।

महाधिवेशनले राष्ट्रिय अध्यक्षमा रामकुमार महतोसहित ४५ सदस्य केन्द्रिय पदाधिकारी चयन गरेको छ । चयन भएका पदाधिकारीमध्ये अध्यक्षसहित ४१ जना निर्विरोध निर्वाचित भएका थिए भने ४ जनालाई केन्द्रिय कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरेको छ ।

Sponsored

महाधिवेशनले पहिचान, अधिकार, सम्मान र नागरिकतालगायतका एजेण्डा तय गरेको जानकारी दिँदै राष्ट्रिय अध्यक्ष रामकुमार महतोले पिछडावर्गले उठाउँदै आएको मागहरुलाई महाधिवेशनबाट थप उर्जा पुगेको पत्रकार सम्मेलनमा बताएका छन् ।

महाधिवेशनले हिजोको कामको समिक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३५ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेन्डा तय गरेको छ ।

महाधिवेशनमा पूर्वमेचीदेखि मधेशको २१ जिल्लाका गरि २ सय ५५ जना महाधिवेशन प्रतिनिधिको सहभागिता थियो भने पर्येवक्षक आमाणत्रित गरि लगभग ५ सयबढीको संख्या सहभागिता रहेको अध्यक्ष महतोले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *