प्रदेश २ : पाहुना बनेर घरमा बसेका बुवाकै साथीले गरे ११ वर्षीया बालिकामाथि बलात्कार, मियाँ पक्राउ
टुडेपाटी-
वीरगञ्ज, माघ ११ गते ।
पर्सामा एकजना बालिका आफ्नो बुवाकै साथीबाट बलात्कृत भएकी छन् ।
वीरगञ्ज महानगरपालिका छपकैया बस्ने ११ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।
बलात्कारमा संलग्न रहेको आरोपमा भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।
Sponsored
बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए ।
घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको डीएसपी मनोजीत कुँवरले जानकारी दिए ।
उनका अनुसार मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ ।
सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।