खोप व्यवस्थापन प्रदेश २ संयोजकमा डा. मदनकुमार उपाध्याय
टुडेपाटी-
जनकपुरधाम, माघ १० गते ।
खोप व्यवस्थापनका लागि प्रदेश २ संयोजकका लागि डा. मदनकुमार उपाध्यायलाई तोकेको छ ।डा. उपाध्याय वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि शनिबार सातवटै प्रदेशमा संयोजक तोकेको हो ।
भारत सरकारले अनुदानमा दिएका १० लाख डोज कोरोनाविरुद्धको खोप बिहीबार नेपाल आइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट देशभर खोप अभियान सञ्चालन गर्ने बताएका छन् ।
भारतले दिएको कोभिसिल्ड खोप अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा राखिएको छ । त्यहाँबाट आवश्यक तयारी पूरा गरि एक दुई दिनमा खोप प्रदेशमा पठाउने तयारी सरकारको छ ।