सिरहामा फेला परेको कुकर बम सेनाद्वारा डिस्पोज, राजमार्ग पनि खुल्यो
टुडेपाटी-
सिरहा, माघ १० गते ।
पूर्वपश्चिम राजमार्जअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका- ५, जिबाखोलाको पुलनजिकै फेला परेको प्रेसर कुकरमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
शनिबार बिहान फेला परेको उक्त शंकास्पद वस्तु चोहर्वास्थित श्री शेर गणबाट गएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
उक्त विस्फोटक वस्तु कसले र के प्रायोजनको लागि राखेको हो भन्ने खुलीनसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
बम राखिएको हल्लापछि अवरुद्ध राजमार्ग पूर्ण रुपमा सुचारु भएको उनले बताए ।
Sponsored