TodayPati

जानकी मेडिकल कलेज र कर्मचारीबीच भएको सम्झौता कार्यन्वयन भएन्, कर्मचारी फेरि आन्दोलनमा

टुडेपाटी

जनकपुरधाम, माघ १० गते ।

विगतमा कर्मचारीहरुसँग भएको सहमती कार्यन्वयन नगरेको भन्दै धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजका कर्मचारी फेरि आन्दोलित भएका छन् ।

Sponsored

२८ दिनपछि गएको मंसिर २३ गते कर्मचारीद्वय जानकी शरण यादव र कुल्दिप साहले आमरण अनशन तोडेपछि भएको सहमती कार्यन्वयन गरेको भन्दै फेरि कर्मचारीहरु रिले अनशनमा बसेका हुन् ।

माघ ५ गतेदेखि कलेज परिसरमै उनीहरु रिलेश अनशनमा बसेका हुन् ।

गएको मंसिर २३ गते आन्दोलनरत कर्मचारी र कलेज प्रशासनबीच तीन बुँदे सहमति पश्चात अनशन तोड्आने सहमती भएपछि कर्मचारीले आन्दालनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको थियो ।

Sponsored

गएको भदौ ३१ गते जिल्ला प्रहरी कार्याय धनुषामा भएको दुईबुँदे सम्झौतादेखि कलेज प्रशासनले केहि कर्मचारीमाथि गरिएका सम्पूर्ण कारबाही फिर्ता लिने र कर्मचारीले जारी राखेका सम्पूर्ण आन्दोलन फिर्ता लिने सहमति भएको थियो ।

कलेज प्रशासन र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २–२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्याक्षहरु सम्मलिति कार्यदल मंसिर १७ गते भित्र गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको थियो ।

तर सहमती कार्यन्वयन गनरेपछि बाध्य भएर फेरि आन्दोलनमा उत्रिनु परेको कर्मचारी हकहित संर्घष समितीका संयोजक उमेश यादवले बताए ।

केहि कर्मचारीमाथि पूर्वाग्रही तरिकाले कलेज प्रशासनले गरेको कारबाही फिर्ता लिनुनुपर्ने, ६ वर्षदेखिको संचय कोष र दशैंभत्ता लगायतको हरहिँसाब दिनुपर्ने लगायतको मागसहित कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।

अबिलम्ब माग पुरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै कडा आन्दोलन गर्ने कर्मचारी यादवले चेतावनी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *